महेश नेपाल र गीता देबीको सुमधुर स्वरमा रहेको “कुटु कुटु कान्छू” बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द सिर्जना महेश नेपालको र लय गीता देबीको रहेको छ । जुजु गुरुङको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई महेश नेपालले नै निर्देशन गरेका छन् । राज तामाङ, कमला थापा, सविना गौतम र प्रिती तामाङको अभिनय रहेको भिढियोमा राज तामाङको कोरियोग्राफी, नविन घर्ति मगरको सम्पादन र सागर गौतमको छायांकन रहेको छ ।