नेपाल विद्यार्थी संघका निर्वाचित ४५ सदस्यले राजीनामा दिए

0
53

नेपाल विद्यार्थी संघका निर्वाचित ४५ सदस्यले राजीनामा दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले उनलाई भेटेर राजीनामा दिएका हुन्।

माघ २ सम्म पदावधि रहेको वर्तमान कार्यसमितिले १२औं महाधिवेसन समयमा गर्न नसकेको जनाउँदै सदस्यहरुले नेता पौडेलसमक्ष आफ्नाे राजीनामा बुझाएका हुन्।

नेविसंघको विधानअनुसार राजीनामा संघका अध्यक्षलाई बुझाउनुपर्ने प्रावधान छ। तर, संघका अध्यक्ष गैरजिम्मेवार रहेकाले वरिष्ठ नेतालाई राजीनामा बुझाउनुपरेको केन्द्रीय सदस्य भोला नेपालले बताए।

माघ २ पछि वर्तमान कार्यसमिति रहनुहुँदैन भनि राजीनामा बुझाएको नेपालले बताए।

राजीनामा बुझ्ने क्रममा नेता पौडेलले माघ २ पछि वर्तमान कार्यसमितिको अवधि बढाउन नहुने पक्षमा आफू पनि रहेको बताएका थिए। संघका अध्यक्षलाई
यसअघि पार्टी सभापति नजिकका सात पदाधिकारीले राजीनामा बुझाएका थिए।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice