सरकारविरुद्ध नेपाल विद्यार्थी संघले निकालेको लालटिन जुलुसको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । संघले काठमाडौको प्रर्दशनीमार्गस्थीत ल क्याम्पसबाट निकालेको लालटिन जुलसमा प्रहरीद्धारा हस्तक्षेप गर्दा सञ्चारकर्मीमाथि पनि कुटपिट भएको हो । कुटपिटबाट बिनोद कटवाल, उज्जल ढंगोल, बिजय गजमेर, कविन अधिकारी, अमुल थापा लगाएतका सञ्चारकर्मी घाइते भएका छन् ।  त्यस्तै प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।