महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जना पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काकाे नेतृत्वको टाेलीले लागुअाषध सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले सर्लाही बाट काठमाण्डौँ आउँदै गरेको ना ४ ख ५३६ नम्बरकाे यात्रुबाहक सवारी साधनलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा लागुअाैषध नाइट्राभेट सहित पक्राउ गरिएकाे वताए ।

प्रहरी नायव उपरीक्षक थापाले भने, “पक्राउ परेका सर्लाहीका
गोरैटा न.पा वडा नं. ४ घर हुुने वर्ष १९ को विकाश कुमार गुप्ताकाे साथवाट लागुऔषध नाइट्राभेट १४८५ ट्यावलेट बरामद भएको छ ।”

महानगरीय वृत्त थानकाेटले पक्राउ गरिएका गुप्तालाई थप अनुसन्धान पश्चात् लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने जनाएकाे छ ।