रोशन दानी – नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले माेखिक राजीनामाको घोषणा गरेका छन् । चर्काे विवाद र आन्तरिक दवावका वावुजुट महासंघका काेषाध्यक्ष प्रधानले हिजाे साझ आईतवार वेलुका माेखिक राजिनामा घाेणणा गरेकाे स्राेतले वताएकाे छ ।

महासंघ सचिवालयमा आइतबार आयोजित केन्द्रीय समितिको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । प्रधानले अाज नै लिखित राजीनामा दिने वताईएकाे हाे ।

महासंघमा आर्थिक अनियमितता भएको र त्यसविरुद्ध बोल्दा आफूलाई राजीनामा दिन बाध्य तुल्याइएको प्रधानले सञ्चार माध्यममा दाबी गरेका छन्।

चर्काे विवाद र दवावका विच आचारसंहिता मिचेको तथा गोपनीयता भंग गरेको आरोपमा राजिनामा दिन लगाईकाे स्राेतले वतायाे ।

कोषाध्यक्षको राजीनामालाई लिएर महासंघमा विवाद चुलिएकाे जस्ताे भएकाे तर विवाद केहि दिनमै विवाद समाधान भएर जाने गाेप्य स्राेतकाे दावी छ । एकथरीले कोषाध्यक्षलाई जबर्जस्ती राजीनामा गर्न लगाइएको आरोप लगाएका छन् भने अर्काथरीले कोषाध्यक्षको राजीनामा स्वाभाविक भएको बताएका छन् । यद्यपि, महासंघ कार्यसमितिका कसैले पनि यसबारे औपचारिक धारणा दिन मानेका छैन ।