बलम्वु प्रहरीले लागुऔषध सहित एक पक्राउ

0
61

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शकंर खड्काकाे नेतृत्वको टाेलीले कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई काठमाण्डौ चन्द्रगिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने वर्ष ३५ को नवराज बुढा लाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो धुलो २० ग्राम र डाईजोपाम, नुरफिन र फेनारागन गरी जम्मा २०३ एम्पुल बरामद गरिएको जानकारी दिए । चन्द्रागिरी नगरपालिका १ सृजना चोकमा चेकजाँचका क्रममा बुढा पक्राउ परेका हुन् । बलम्बु र नागढुङ्गा क्षेत्रमा दैनिकजसो लागुऔषधसहित पक्राउ पर्दै आएका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice