दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन-
। यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार? के परिवारको लागि चिनो ल्याउनु अपराध हो? मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने- म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।
आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ??????

रेखा थापाको फेसबुक स्टाटसबाट साभार