भगवान, इश्वर, अल्लाह जे जे ले पुकारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृष्टिमा केही न केही तेस्रो शक्तिको देन छ । यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ । “जान दैत्य वडातोडा मालथलि जान, मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान । गयो दैत्य वडातोडो, वतासैको स्वर आयोदलु मोहन्यालकी वादलकी ढिक,मिल्ल छौ त खपरे हामु सित मिल, नै त मिल्ला खपरेकी लाउत तेरी ठिक , केदारका दाईने तिर तुडया तुडया पानी , मिल्ला छौ त खपरे हमु सित मिल नई त मिल्ला खपरेकी समाई ल्याए रानी केदारैका गाथ मुनी थुम थुम केला मिल्ला छौत खपरे हमु सीत मिल नईमिल्ला खपरेका समाई ल्याय चेला– गयोदलु खपरेको रुनु–रुनु गयो । भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”

यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ । यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् । यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् । यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा बैतडी बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ ।तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी ९नायाँ व्यक्ति० ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।ठूला केदार र मोहन्यालको सम्बन्ध : मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु साङौडी,सौडीरसौटी देवता : सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् । तल्लो बोगटान९कत्युरी नरेश को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो । ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध : राजादिलिप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफेर गरेका थिए । केदारमा कुन्ती महारानी ५ दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज यो पानी केदारको जाँतमा देवता पूज्ने र खाने भएको छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिलिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिलिङ्ग मानिन्छन् । हामीले यसको विकास जुनरुपमा गर्नु पर्नेहो त्यो रुपमा गर्न सकेकाछैनौ ।