चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको स्वरमा रहेको “म्वाई” बोलको नयाँ गीत सार्वजनिक भएको छ। सो गीतमा चर्चित सर्जक एक नारायण भण्डारीको शब्द, संगीत रहेको छ ।

चर्चित मोडल तथा निर्देशक शंकर बि.सी. र नायिका निता ढुङ्गानाको अभिनय रहेको यस गीतमा मधुर बस्नेत र शम्भु चालिसेको छायांकन, नविन घर्ति मगरको सम्पादन रहेको छ । यस गीतलाई शंकर बि.सी.ले निर्देशन गरेका हुन् । सोही गीतलाई सितारा म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो ।