रोसन दानी
काठमाडौं– पछिल्लो समय नेपालको नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा प्रणय दिवसको अवसरमा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिने भएको छ ।
प्रणय दिवसको अवसर पारी चन्द्रागिरि हिल्स लिमिटेडले फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
धार्मिक एतिहासकिका साथै पछिल्लो समय लोकप्रय गन्तव्यको रुपमा विकास भईसकेको चन्द्रगिरिमा युवायुवतीहरुका लागि विषेश दिनको रुपमा रहन सकोस र त्यस दिन जिवनमा सम्झना लाएको वनो्स भने उदेश्यले प्रणय दिवस विशेष वनाउन लागिएको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडका जिएम अभिसेक विक्रम शाहाले कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार २५२० मा संचालन हुने वताए ।

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३ हजार ९ सय ९९ तथा प्रति व्यक्ति २ हजार ४ सय ९९को प्याकेज पनि प्राप्त गर्न सक्नेछन् जिएम शाहाले जानकारी दिए । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।