प्रशान्त बस्नेत चन्द्रगिरि १
भवतु सब्ब मङ्गलम ।
हुन त जिबन अथवा जिन्दगि जे भनेनी मानवसंग मात्र होइन यो हरेक जीवित प्राणी वा बोटबिरुवाहरुसंग सम्बन्धित छ। तर मानब र अन्य प्राणीहरुमा फरक यति मात्र हो कि मानवले यो जिबनको रहस्यको बारेमा चिन्तन मनन गर्न सक्छ तर अरु प्राणीले तेसो गर्न सक्दैनन्। धर्मको सुरुवात पक्कै पनि मानवले जिबनको रहस्य को खोज गर्ने क्रममा नै विकास गरेको हुनुपर्छ। मानिसले सबै कुराको जवाब यो संसारमा पायो तर आफ्नै जिबनको रहस्य जान्न सकेन अनि तेहीबाट सुरु भयो ईश्वरको को खोज ।

संसारमा धेरै किसिमका धर्महरु छन्। सबैभन्दा प्रचलित धर्महरु क्रिस्चियन , इस्लाम , हिन्दु , बुद्धिस्म आदि छन् । धर्म जतिसुकै थरिको भएपनि बास्तवमा कुनै पनि धर्मले अनैतिक कार्य गर्ने कुराको दिशानिर्देश गर्दैन। बरु त्यसको अनुसरण गर्नेहरु चै अनैतिक हुन सक्छन। धर्म को खोल ओडेर आफु भन्दा कम्जोर माथि दमन र अत्याचार गर्ने चलन प्राचिन मानव सभ्यतादेखि नै चल्दै आएको छ र यो चलनबाट कुनै पनि धर्म अछुतो छैन । धर्मले संसारमा माया र प्रेम गर्न निर्देश गर्छ न कि घृणा र विद्वेष फैलाउन । तैपनि इतिहासमा धर्म को नाममा हत्या भएका र लाखौ मान्छेले अनाहकमा ज्यान गुमौना परेको तथ्य छताछुल्ल छ । वर्तमान समयमा पनि यस्ता उदाहरण बेला बेला मा सुन्न सकिन्छ र यस्ता घटनाहरु घटी नै रहेका छन्। यी सबै घटनाहरु हेर्दा र सुन्दा कार्ल मार्क्सको “धर्म अफिम हो “भन्ने भनाइ सत्य झैँ लग्छ।

भानिन्छ जहाँ धर्मको अन्त्य हुन्छ त्याहा देखी नै अध्यात्म सुरु हुन्छा। धर्म र अध्यात्म मा तात्विक अन्तर के छ भन्ने कुरा कन्फ़्युसिअसको “बाटोले मानिसलाई फराकिलो बनाउने होइन बरु मानिसले बाटो फराकिलो बनाउने हो “भन्ने भनाइले स्पस्ट पार्छ ।अध्यात्मबाद निकै लचिलो बाद हो भने धर्म जड्बाद हो।धर्म डरसंग सम्बन्ध राख्छ तर अध्यात्म साहससंग समबन्ध राख्छ ।अध्यात्मिक योध्दाको पथ तेती सजिलो र मिठो छैन। गौतम बुद्धले अध्यात्मबादलाई अंगाल्न आफ्नो सारा राजसी सुख सयल र यहासम्म कि आफ्नो पत्नी र काखको छोरोलाई छोडेर अगाडी बढ्नु पर्यो । त्यो पनि सधैको लागि । “The Power of Now ” पुस्तकका लेखक इक्चार्ट टोलले भनेका छन्त “पीडाको आगोले चेतना (consciousness) को प्रकाश दिन्छ । तर धर्म भने सरल तथास्थाताबाद मात्र हो। त्यसकारण, हामी धर्मलाई संकुच्ताबाद र अध्यत्मबद्लाई खुलाबाद भन्न सक्छौ। धर्मले सब्द बाट बधिएको भाषा बोल्छ भने अध्यात्मले सब्दको उत्पत्ति भन्दा पनि पुरातन भाषा बोल्छ। समग्रमा अध्यात्मले संसारको सबै भन्दा महान रहस्य यानी इस्वरको अस्तित्व को साचो अनंतताको अनुमति दिन्छा।
विज्ञानले अहिलेसम्म धेरै प्रगति गरेको कुरो साचो हो तर आजको दिनसम पनि विज्ञानले ब्रह्माण्ड, पृथ्वी र जिबन को उत्पत्ति येसरी नै भयो भनेर ठोकुवा गर्न सकेको छैन र सायद कहिले पनि उक्त कुरा पुस्टि गर्न सक्दैन। यो किन त भने जिबन को स्रोत येति सुक्ष्म छ कि बिज्ञान को भौतिक चक्छुले त्यो पराभौतिक तत्वो कदापी बुझ्न सक्दैन। बिज्ञान ले अहिलेसम मानिसको मन्, सोचाई, विचार, भावना सबै “Brain Cells” को परिणाम हो भन्छ जुन सत्य पनि हो तर सरिरलाई संचालन गराउने पराभौतिक उर्जा वा सक्ति के हो भन्न सक्दैन। मान्छे को चेतना वा consciousness को स्रोत पत्ता लगाउने कुरामा बिज्ञान निकै पछाडी छ। विज्ञानले पदार्थ (matter) बाट चेतना सिर्जना भएको अनुमान मात्र गरेको छ भने पुर्बिये अध्यात्मले पदार्थबाट चेतना सृजित भएको होइन बरु चेतना बाट सबै बस्तु (matter) को उत्पत्ति भएको हो भन्छ। हजारौ वर्ष पहिलेदेखि नै हरेक बस्तु, यो ब्रह्माण्ड, जिबन आदि को जजनी अनन्त चेतना (infinite consciousness) नै हो र तेही नै इश्वोर हो भन्दै आएको छ। सबै धर्म को उद्गम बिन्दु पनि बास्तवमा तेइ नै हो। तेसैले सनातन हिन्दु धर्मले सबै धर्म फरक बाटाहरु हुन् तर पुग्ने ठाउँ एउतै हो भन्नु को मतलब येही नै हो। बाइबल मा जिसस च्रिस्तले भने क छन् ” I am the way,” यानी म नै बाटो हु I येसो भन्नु को भित्रि रहस्य बास्तबमा उनले क्राइस्ट भन्ने संसारिक व्यक्ति लै भन्न खोजेका होइनन, बरु म चेतना (consciousness) जुन हरेक मानिसभित्र रहेको हुन्छ त्यो नै इस्वोर हो र त्यो नै इस्वोर प्राप्त गर्ने सहि बाटो हो भन्न खोजेका हुन्। त्यसकारण, यदि सबै मानव जगतले अध्यात्म को गहिराइलाई बुझ्ने हो भने धर्म को नाममा हुने हिम्सा लाई रोक्न मात्र सकिने होइन यो विश्व लाई नै एउटा परिवारका रुपमा रुपान्तरित गर्न सकिन्छ । भवतु सब्ब मङ्गलम ।