उसासङ्गको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामालामा दार्ही, लामालामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ । यसरी नाङ्गै पाउ हिँड्दा, ठेस् लागेर रकताम्मे भएको खुट्टाको औँलाहरूमा, झिंङ्गा भन्किएर बस्थ्यो । अनि सडकको कुनै पेटीमा बसेर, झिङ्गा धपाई बस्थे त कहिले खोन्च्याङ्-खोन्च्याङ्ग गर्दै एकोहोरो हिँडिरहेको भेटिन्थो उसलाई ।

घरिघरि आकाशतिर फर्केर, हातको औंलाभाच्दै, एक, दुई, तीन गरी मनमनै गन्थ्यो अशोक । खै के गन्थ्यो कुन्नि ऊ आकाशतिर फर्केर । कोही केटी देख्नै हुँदैनथ्यो उसले, ” उसा, काँ गाथ्यौ मलाई छाडेर । आऊ हिँड घर ।” भन्दै च्याप्पै नारी समाउन गैहाल्थ्यो ऊ । अशोक जुनसुकै केटीलाई पनि, आफ्नै उसा देख्थियो । त्यसैले, भरखरकी युवती केटीहरू ऊ आईरहेको बाटोछाडी, परपर भएर हिड्थ्यो ऊदेखि डराएर ।

अशोकको मस्तिष्कमा, आफूमाथि भएको घट्ना र उसामाथि भएको घट्नाको दृश्य बारबार ताज भएर आइरहन्थ्यो । अशोक फेरि उही घटना सिनेमाको दृश्य झैं सम्झिन्थ्यो –

सिलौटामा मसला पिसिरहेकी उसालाई एक्कासी भान्साघरबाट छ-सातजना महिलाहरूले उसको चुल्ठो बाबियो झैं समाती, घिसार्दै बाहिर आँगनमा ल्याएर, भकुरेर नीलडामे र रकताम्मे पारे । झुल्फे र मुन्द्रे केटाहरूले पनि अशोकलाई भकुर्नु भकुरेर, बेहोस् बनाए । मुन्द्रे र झुल्फे केटाहरू यसो भन्दै कुट्दै थिए – ” साला ऐ होइन तेरो गरिखाने हतियार । ऐ, केटा हो ! फोड् यस्को अण्डा ।”

अशोक ती घट्नाहरूको दृश्यबाट झल्यास्स झस्किन्थ्यो । फेरि उही पुरानो दृश्यमा दुब्थ्यो –

आँगनको बीचको मीयो समाती उसाले आफूलाई कम्ति बचाउन खोजेकी होइनन् ती दुष्ट महिलाहरूबाट । अझै, उसाकै आफ्नै जेठो मामाले लात्तैलात्तले भकुर्दा उसा लाचार भई नयनबाट तरर आँसु झार्दै बिलौना गर्दै भन्थि – ” अशोक मलाई बचाउन । अशोक मलाई बचाउन । मलाई मार्न लाग्यो कुटेर । तिमीसङ्ग छुट्टिएर कसरी बाँच्नु म ।”

ऊ विवश थिए । नीलडामे र रकताम्मे भएका थिए ऊ पनि । बेलाबेलामा, अशोक पनि घिस्रीघिस्री ” उसा ! उसा ! ” भन्थे । उसाले फर्कीफर्की – ” अशोक ! अशोक ! ” भन्दा । कम्ति माया लागेर आएन उसलाई त्यतिखेर, उसाको । हेर्दाहेर्दै उसालाई, चितुवाले बाख्रा घिसारे झैं घिसार्दै लगे । ऊबाट उसा टाढाटाढा हुँदै गई । ऊ फर्कीफर्की लतारिएको शिर उठाउँदै उसलाई भन्दै थिई – ” अशोक ! अशोक ! अशोकलाई केही नगर । अशोकलाई केही नगर ।”

ऊ केवल अपाइच भएर, रकताम्मे परेर हेरिरहे, केवल हेरिरहे, उसालाई चितुवाले बाख्रा झैँ घिसार्दै लगिरहेको

उसको परेलीहरू हुँदै बगेका आँसुका छालहरूले उसको नयनहरू जसरी धमिलो हुँदै गए, त्यसैगरी उसा पनि उसका नयनहरूबाट ओझेल हुँदैहुँदै गई । ऊ केही गर्न सक्दैन थियो र उसको वश पनि चल्दैनथ्यो । केवल पहाड्झैँ उभिईरहे ऊ बेजान् भएर । अविरल आँसु झर्ना झैँ बगिरह्यो अशोकको आँखाबाट ।

अशोक फेरि नराम्रो गरी झस्किन्थ्यो ।

यसरीनै ऐना टुकृए झैँ उसा अशोकको मुटुदेखि टुकृदै गई । ऊ आधा मुटुलिएर बाँच्न थाले । उसा पनि ऊसङ्ग टुकृएको आधा मुटु लिएर उतै बाले बिहे तयगरेको केटासङ्ग घरजमगरी दिनहरू काट्न थाली । यसरी बिहे गराउँदा उसाको बाले निकम्मा कामै नलाग्ने जँडैया रोगी केटालाई आफ्नै घमण्डको कारणले, आफ्नो तीनबिघा खेत दिएर बिहे गराएका थिए । बेखबर भईँन् उसा ऊदेखि यसरी । माईती कहिल्यै आउँदै आईनन् ।

एक दिन उसले नराम्रो सपना देखेको दृश्य फेरि सम्झियो –

एकदिन कताकता अँध्यारो सुरुङ्हुँदै, बिलकुलै कठिनसित नीलडामे आँखा, फुकेको मैलो कपाल अनि हातमा चाँदीको डब्बामा सिन्दूर बोकी अशोकनिर आई र भनि उसाले उसलाई – ” अशोक मलाई सिन्दूर हाली, आफ्नो बनाउन ।”

उसले पनि उनको, उसलाई नै पर्खिरहेकी कन्सुत्लो झैं देखिने सफा सिउँदोमा सिन्दूर हाली आफ्नो बनाए । फुलैफूलले सजिएको पलङ्मा सुती सुहागरात मनाए । फेरि कता हो कता, जङ्गलको लामोनि लामो सिङ्भएको कालो अर्नाले उनीहरू दुबैजनालाई लखेट्न थाल्यो । अशोक एकातिर अनि उसा एकातिर भागी । कता हो कता उत्तरतिरबाट उर्लेर आएको धमिलो खोलाले उसालाई अशोककै आँखाको सामुन्ने बगायो ।

उसा उसलाई हेर्दै चिच्याई रही, चिच्याई रही । ऊ डुङ्गा जस्तै बाढीमा माथिमाथि बग्दै थिई । अशोक उनलाई खोलाबाट निकाल्न भनेर उसको हात समाउन गए ।फेरि कताबाट हो, हो, लामा लामा दार्हा भएका बँदेल देखा