गीत संगीतहरु बजारमा ल्याउने क्रममा यस पटक तिर्सना म्युजिक प्रा.लि.ले पृथक गीत “केसरी” बजारमा ल्याएको छ ।

जसमा चर्चित गायिका बिष्णु माझी र दिनेश क्षेत्रीको स्वर रहेको छ । केसरी गीतमा साबित्रा चिलुवालको शब्द श्रृजना रहेको छ भने दिनेश क्षेत्री र सुनिल बिसीको संगीत रहेको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा दुर्गा पौडेलको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामजी खाण र अनु पराजुलीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई तिर्सना म्युजिक प्रा.लि.ले बजार ब्यवस्थापन गरेको हो ।कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।