८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताएका छन् ।
तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको वताएका हुन् ।
देश विकास नचाहने तत्वहरुको कारण मुलुकलाई अझै अनिर्णयको बन्दी वनाउने तत्वहरु सल्बलाईरहेको हुदा जनताहरु सजग हुनु पर्ने वताए ।
सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे ।
विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गर्न खोज्दा केहि मान्छे डराउन थालेको र सरकार सवै कुरामा गंम्भिर रहेको वताए ।
प्रधान मन्त्री ओलीले विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए ।
नेकपा महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको धारणा राखे । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको प्रबन्ध भइसकेको जानकारी दिएका छन् ।