राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत रहेको गायक ओम सुनारको ‘ए माया’ सार्वजनिक भएको छ । मिलन रोकायाको शब्द रहेको उक्त गीतमा गायक ओम सुनारको नै एरेंज रहेको छ ।मरिश्का पोखरेल , मिस्टर आरजे र मिलन रोकायाको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।