केहि समय यता चलचित्रको गीत मा व्यस्तता बढाएका गायक सुगम पोखरेलले फरक शैलीको गीत नेपाली दर्शक श्रोता सामु सार्बजनिक गरेका छन्। कर्णाली बोल को उक्त गीत मा सुदुर पश्चिमको परिवेश झल्किन्छ।उक्त गीत गीति संग्रह स्वेत हंशिनी मा समाबेश रहेको छ। गीतमा सुदुर पश्चिम कै परिवेश लाइ आधार बनाएर उनले आफै शब्द लेखन अनि संकलन गरेका छन्। गीत मा संगीत पनि सुगम स्वयंकै छभने संगीत संयोजन मोहित मुनाल को छ।
पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा आफै ले कैद गरेका दृश्य हरु उनले भिडियोमा समाबेश गरेका छन् भने सर्बदेब सिग्देलले छायांकनमा साथ् दिएका छन्। भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।
पप , चलचित्र हुदै फरक प्रकारको गीत संगीत आफुले दर्शक तथा श्रोतालाई प्रस्तुत गर्दै आएको सुगम बताउछन। आफुले सिर्जना गरेको गीत संगीत दर्शक तथा श्रोता ले मन पराइरहनु भएको साथै आगामी दिन मा पनि मन पराउनु हुन्छ भन्ने आशा सुगम ले राखेका छन्।(भिडियो)