काठमाडौं‍को बूढानिलकण्ठ ७ स्थित हात्तीगौडामा आजबाट अत्याधुनिक सेवासहित ”शिवपुरी हेल्थ केयर”संचालनमा आएको छ। हेल्थ केयरको आज बिहान एक कार्यक्रम बीच बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलले उद्दघाटन गर्नु भयो उद्दघाटन पछि कार्यक्रममा बोल्नु हुदै मेयर खरेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाे बताउँदै गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।

ओ पी डी, दन्त चिकत्सा ,अल्ट्रा साउण्ड,डिजिटल एक्स रे,इसिजी,२४ सै घण्टा इमर्जेन्सी लागायत स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उपचार सेवा उपलब्ध हुने ”शिवपुरी हेल्थ केयर”मा त्यस छेत्रका बासिन्दाले सर्व सुलभ तरिकाले स्वास्थ्य सेवा पाउने अध्यक्ष दिलिपकुमार खड्काले जानकारी दिनु भयो ।
हेल्थ केयर प्रालिले सेवा शुभारम्भ र नयाँ वर्षको अवसरमा सेवाग्राहीहरुलाई बैशाख महिनाभर विशेष छुटसहित उपचार सेवा दिने पनि जनाएको छ भने आजै मात्र करिब एक सय जनाले विभिन्र रोगको निशुल्क उपचार सेवा लिएका छन ।