२१ औ शताब्दीमा विश्व कहाँबाट कहाँ पुगिसक्यो, हामीले भगवान्को प्रतीक मानेको चन्द्रमामा मान्छेले पाइला टेकिसक्यो, मङ्गल ग्रह मान्छेको हत्केलामा छ। तर कस्तो विडम्बना। हामी कति दयनीय अवस्थामा छौं ? ११ वर्षीय बालिकाले बच्चा जन्माउदा माया र सद्भाव पाउनुको सट्टा छि छि र दुर दुरको गर्ने यो हाम्रो कस्तो समाज। नेपाली समाज यति डरलाग्दो गरी विकसित भइरहेको छ कि आजभोलि भनेर पनि साध्य छैन। सानोदेखि ठूलासम्म तलदेखि माथिसम्म र उच्चदखि निम्नसम्म हेप्ने चेप्ने र एकले अर्कोलाई कागती निमोठेजस्तै गरी निमोठ्ने चलन व्याप्त हुँदै गएको छ।

यो अन्धबिस्वासको भण्डारले नेपालमा अझै कतिलाई जीवन जिउन कठिन पार्ने हो कुन्नि ? संसार कहाँ देखि कहाँ पुगिसक्यो तर नेपाली समाज भने अझै कुसंस्कारको अँध्यारोमा रुमलिरहको छ।

बर्दियाको गेरुवा गाउँपालिका ४ मा एउटा झुप्रो घर छ। त्यहिँ झुप्रो घर भित्र निशास्सेर भए पनि बसेकी छिन् भावना बस्नेत। बुबा सधै रक्सिको तालमा हुन्छन्, आमा आफ्नै १० महिने सन्तान स्याहार्नु कि घरको कामकाज गर्नु, परिवारसँग भएर पनि एक्ली छिन् भावना। एक्लोपन नै उनको साथी।

एक्लोपन सँगै उनलाई साथ् दिन उनको काखमा दुई महिने बालिका छिन्। उमेरले भर्खर ११ वर्षकी भावना एक बालिकाकि आमा हुन्। २०६३ चैत १३ मा जन्मिएकी भावनाले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पुर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी गाउकै केहि सुडेनीको सहयोगमा उनी आमा बनेकी थिइन्। आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो।

गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको साथै भावनाको शरीर सुन्निएर ज्वरो आएको खबर सुनेपछि उनको हालखबर बुझ्न काठमाडौँ देखि बर्दिया पुगेका हामि सोध्दै खोज्दै उनको घर भए ठाउँसम्म पुग्यौ।

हामी भावनाको करिव करिव नजिक पुगेका रहेछौ तर उनको घर ठम्माउन नसकेर बाटोमा हिडिरहेका एक पुरुषलाई भावनाको घर कता हो भनेर सोध्यौ। उनले उ त्येही हो भनेर देखाइदिए।

उनको घर पुग्दा उनकी आमा १० महिने बच्चा खेलाइरहेकि थिइन्। ‘भावना बस्नेतको घर यहिँ हो ?’ हामीले प्रश्न गर्यौ। उत्तरमा ‘हो’ सुनेपछि मैले हत्तारिदै सोधे ‘अनि भावना खै त ? हामी उनलाई भेट्न आएका ! ‘ उता पर छे भन्दै भावानाकी आमाले बच्चा काखी च्याप्दै घरको पल्लो घर तिर औलाएर देखाइन्।

‘अनि उनको बुबा नि ?’ मैले फेरी सोधे। उ त्यही त हो भनेर उनले अघि हामीले बाटोमा भावनाको घर सोधेको व्यक्तिलाई देखाइन्। वास्तवमा भावनाका पिता हामीलाई घर देखाएर भागेका रहेछन्। नत्र त म भावनाको बुबा हो आउनुहोस उ त्यहि हो घर भनेर घर सम्म त ल्याइदिन्थे होलानी। यहाबाट पनि प्रस्ट हुन्छ कि भवन कत्ति पारिवारिक अपहेलनामा बाधिरकेही छिन्।

भावानाको पर्खाईमा बसिरहेका हामीले उनी पर होइन सुत्केरी अवस्थामा मेला गएको खबर पायौ। सुन्दा दुख लागे पनि सत्य त्यहि नै थियो। मन मनै सोचे ‘सुत्केरी त्यो पनि आलै अहिले नै मेलामा कसरि जान सकेको कत्ति गार्हो हुदो हो।’

भावना कै पर्खाइमा उनको घरको छेउमै बसेका हामी उनी कहिले औलिन भनेर कुरेर बसिरहेउ। एकछिन् पछि उनी आईन्। काखे बालक च्यापेर आएकी उनी निराश थीइन्, उदाश थिइन्, जिन्दगि देखि बिरक्तिएकि थिइन्। मधुर मुस्कानमा लुकेको पिडा उनको अनुहारमा प्रस्ट देखिन्थो।

केहि भन्न खोजे जस्तो उनको अनुहार मलिन थियो। एक बालिकाले अर्की दुई महिनाको बालिका च्यापेर बसेको दृश्य साच्चै हृदयविदारक थियो। लाग्थ्यो कुनै चलचित्रको पर्दामा बाल बिबाह गरेर कुनै बालिकाले बच्चा जन्माएकी छिन्। यद्दपि कुनै चलचित्रको काल्पनिक कथा जस्तो लाग्ने घटना मेरो आखा अगाडी नै वास्तविक थियो।

‘मलाई व्यक्तिगत केहि भन्न चाहानुहुन्छ ? तपाईको मनमा केहि कुरा खेलिरहेको जस्तो छ ? तपाइलाई केहि समस्या छ हो ?’ भनेर मैले प्वाक्क सोधी हाले। एक टकले उनले आफ्नो बुबाको अनुहार हेरिरहिन्। उनी केहि होइन धेरै कुराहरु जुन उनको मनमा गुम्सिएको थियो त्यो सबै भनेर मन हलुङ्गो बनाउन चाहान्थीन् तर उनको बुबाले गालि गर्ने डरले उनको मुखबाट एक शब्द पनि निस्किएन। उनी निशब्द थिईन् तर उनी भित्र कुराको गाठो परेको थियो।

एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारणा साँझ बिहानको छाक टार्न समेत धौधौ छ उनलाई। एक छाक मिठो खान कै लागि उनी मेला गएकी हुन्। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ, तर भावना आर्थिक अभावका कारण पौष्टिक आहार खानबाट समेत बञ्चित छिन्। पारिलो घाममा तेलमा डुबेर चिल्ली भएर सुत्न उनलाई पनि मन थियो होला तर उनको भाग्यमा त्यस्तो सुख आकाशको फल आखा तरी मार जस्तै हो।

शारीरिक रुपले त उनी कम्जोर भएकी छिन् नै अहिले उनी मानसिक रुपमा समेत विक्षिप्त बन्न पुगेकी छिन्। समाजले गर्ने हेला, प्रयोग गर्ने शब्द अनि आफ्नै परिवारको तिरस्कार, सबै कुरा एकैसाथ आफ्नो जिवनमा आइपर्दा उनको कलिलो मस्तिष्कले कतै आत्महत्याको विकल्प त रोज्ने हैन ?

जानेर उनी गर्भवती भएकी पनि होइनन्। ११ वर्षको कलिलो उमेर भनेको शारीरिक सम्पर्क भनेको के हो, गर्भवती हुनु के हो भन्ने पनि थाहा नहुने उमेर हो। गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबाहादुर रावतसँग उनको मित्रता घनिष्ट थियो। भावना र नन्दबाहादुर एकै कक्षा र एकै विद्यालयमा पढ्ने भएकोले उनीहरु एकअर्कासँग नजिक हुनपुगे। नन्दबाहादुरको सानैमा आमाबुबा बितेकोले उनी फुपुको घरमा बसेर पढ्थे। न आमाको भर न बुबाको डर नन्दबाहादुर उमेरले भावना भन्दा धेरै भएतापनि उनले भावनाको पछि भविष्य के होला भनेर सम्म सोचेनन्।

सहमतिमा होस् या ललाईफकाई गरेर केहीको प्रलोभनमा पारेर होस् नन्दबाहादुर र भावनाले गरेको गल्तीले अहिले भावना एक्लैले सजाए भोग्नु परेको छ। समाजमा छि र दुर दुर भएर बस्नु परेको छ। माया चाहिने बेलामा घृणा र तिरस्कार झेल्नु परेको छ। समाज त अलि पर कै भयो आफ्नै परिवारले समेत अहिले उनलाई अपहेलना गरिरहेका छन्।

आज पनि भावना नन्दबहादुर आउछन् बिबाह गरेर लग्छन् भनेर सुन्दर सपना सजाएर बसेकी छिन्। ‘काठमाडौँमा किराना पसलमा काम गर्नुहुन्छ अब यो दशैंमा आउछु भन्नु भएको छ। अनि हामि बिबाह गर्ने।’ उनले यो सब आश्वादी हुदै भनिरहेकी थिइन्।

जुन बेला भावना गर्भवती भएर पेटको आकार बढेको थियो त्यो बेला नै सायद उनको आमाले गर्भपतन गर्न लगाएकी भए सायद आज भावनाको यो अवस्था हुने थिएन होला। ग्यास्ट्रिकले पेट उनको आफ्नै आमाले यो कुरा लुकाइन्। बिचरा भावनालाई त के थाहा कि उनको पेटमा बच्चा छ कि ग्यास्ट्रिकले भरिएको हावा। दुई वटा भन्दा बढी बच्चा जन्माएकी भावानाकी आमाले बेलैमा केहि विकल्प अपनाएको भए सायद आज भावनाले सामज र आफ्ना परिवारबाट अपहेलना हुनु पर्दैनथ्यो होला।

कम उमेरमा बच्चा जन्माउनु भनेको आमाको साथसाथै बच्चाको समेत जीवन धरापमा पार्नु हो। स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्म हुन्छ। कम उमेरमा बच्चा जन्माउदा आमाको चाडै रोगी हुने, शरीर कम्जोर हुने जस्ता समस्या देखिन्छन्। झन् सुत्केरी अवस्थामा मेला जाने र गरुङ्गो काम गरेमा आङ (पाठेघर) खस्ने जस्ता समस्या आउन सक्छन्। दिउँसो पनि प्रशस्त आराम गर्नुपर्छ ।

गर्भवती आमाले कम्तीमा ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्थामा अनिवार्य जाँच गर्नुपर्ने हुन्छ। तर भावनाले अहिले सम्म अस्पतालको ढोकामा समेत टेकेकी छैनन्। सुडेनीको सहयोगमा पन्जा लगाएर हातले नै बच्चा तानेर जन्माएको गाउकै वडा सदस्यको भनाई छ। भावना भाग्यमानी रहेछिन् कि उनी अहिले जिवीत नै छिन्। नेपालको सन्दर्भमा हेर्ने हो भने यसरि बच्चा जन्माउदा आम र बच्चा दुबैको मृत्य भएको घटना धेरै छन्।

सुत्केरी भएको ३ महिनासम्म आइरन चक्की नियमित रुपमा खानुपर्छ। यसका साथै भिटामिन ए अनिवार्य खानुपर्छ। भावनाले सुत्केरी भैसके पछि पनि अस्पतालमा चेकजाँच गराउन गएकी छैनन्। उनको बच्चाको स्वास्थ्य अवस्था बारे उनी अनभिज्ञ छिन्। सुत्केरी अवस्थामा साविकभन्दा कम्तीमा थप २ पटक पोषणयुक्त खान खान दिनुपर्छ। यसले आमा र शिशुको वृद्धि विकास राम्रो हुनुको साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। तर भावना घरको पारिवारिक स्थिति कम्जोर भएकाले मेला जानु पर्ने बाध्यता छ।

भौगोलिक विकटता र चेतनाको कमीले भावनाले आफ्नो जीवनमा यो सब भोग्नु परको हो। अहिले उनको मनमा अनेक कुरा खेलिरहेका छन्। उनको बालमस्तिष्कमा असर परेको छ। उनको आर्थिक स्थिति पनि एकदम दयनीय छ। आज सम्म कुनै जनतिनिधि होस् या समाजका ठुलोठालु भनौदा कसैले पनि उनलाई सुत्केरी अवस्थामा आर्थिक सहयोग गरेको छैन। यति सम्म कि मिडियाहरु उनको भिडियो बनाएर कमाएको पैसा बाट १ प्रतिशत पनि दिन तयार छैनन् र दिएका पनि छैनन्।

हामीले त उनलाई हामी सँग काठमाडौँ आउँन आग्रह समेत गर्यौ। उनलाई र उनको दुई महिने बच्चालाई बस्ने खाने देखि पढ्ने सम्मको वातावरण मिलाइदिञ्छु भन्दा भावनाले उनको बुबाको मुख टुलुटुलु हेरिरहिन्। बुबाले ‘हैन हामी नपठाउने हामी गर्न सक्छौ’ भनेपछि करकाप जबर्जस्ति गर्ने कुरा पनि त भएन। केहि शिप नलागे पछि स्वास्थ्य चौकी गैर एक पटक जचाउन सुझाव दिदै उनको हातमा दुई हजार राखिदियौ। टाढाको बाटो फर्किनु परेकोले अधि मन लिएर हामी फर्कियौ।

गाउकै वडा सदस्यले १० हजार रकम सहयोग दिंदा पनि समाज नै वडा सदस्य माथि खनियो। वडा कै बेइज्जत भएको भन्दै जनप्रतिनिधिले समेत वेवास्ता गरेको वडा सदस्यको गुनासो छ। यदि उनी माथि सधै यस्तै अपहेलना भैरहने हो भने उनले आत्महत्या गर्न पनि बेर लगाउदिनन् उनको जीवन रक्षा गर्नु अहिले महत्वपूर्ण भएको छ।

हामीले काठमाडौँ देखि बर्दिया गएर यो भिडियो प्रस्तुत गर्नुको एक मात्र उद्देश्य भनेको भावनाको भावाना माथि खेलबाड नहोस् भनेर हो। उनी माथि चरम हेलाको भावना नहोस भनेर हो। समाज र परिवारले गरेको अपहेलना सहन नसकेर उनले आत्महत्याको विकल्प रोजिन् र उनको जीवनमा तलमाथि भयो भने न हामि माफी योग्य हुन्छौ न तपाई दर्शकहरु नै माफियोग्य हुनुहुन्छ।

तसर्थ तपाईहरुले पनि भावनाको अबको बाँकिको जीवन सुखमय बनाउन आफ्नो आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहोला। नत्र भने यी बालिकाको जीवनमा भोलि केहि घटना घट्यो भने यसको प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा तपाईहरु पनि जिमेवार हुनुहुन्छ।

सक्नेले आर्थिक सहयोग नसक्नेले यो भिडियो सहयोगी मनसम्म पुर्याउनको लागि एक शेयर गरेर भए पनि भ्वानाको जीवनमा राहत पुराइदिनुहोला। हामि मार्फत सहयोग गर्न चाहानेले हाम्रो फेसबुक पेज पिएन्पिखबर डट कममा मेसेज गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई अन्य भिडियो सहित भावना कै विषयमा थप अपडेट पनि दिनेछौ त्यसको लागि पिएनपी मिडियालाई सब्स्क्राइब गरेर हामीलाई हेर्दै गर्नुहोला।
हेर्नुहोस भिडियो :

https://youtu.be/yu44yS9tnko