काठमाडौं बैशाख ८ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको पहिचान बढाउने उद्देश्यले आयोजित दोस्रो चन्द्रागिरी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका साथ सुरु भएको दोस्रो चन्द्रागिरी महोत्सब चन्द्रागिरी नगरपालिका र देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा सम्पन्न भएको हो ।

महोत्सबमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलन गायतका ७० बढी कक्ष रहेको थियो उक्त महोत्सबमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए ।

चन्द्रागिरी नगरपालिका वडा नं १२ गुर्जुधारामा ९ दिन सम्म चलेको उक्त महोत्सबको उद्घाटन नेपाल सरकारकी खानेपानी मन्त्रि विना मगरले गरेकी थिइन् भने समापन कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे रहेकी थिइन् ।
उक्त समापन कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य बेली माया घले , जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्य चन्द्रागरी हिल्स का महाप्रबन्धक अभिषेक बिक्रम शाह, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा प्रहरी निरीक्षक,चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायत अन्य वडाका वडा अध्यक्षहरु वडा सदस्य विभिन्न् राजनीतिक दलका प्रतिनिधि,नेपाल आइडलका प्रताप दास लगायत स्थानीय कलाकार र स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रमको अध्यक्षता चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरिले गरेका थिए भने कार्यक्रम संचालन संचारकर्मी श्याम सुन्दर पुडासैनीले गरेका थिए ।


चन्द्रगिरीका नगर प्रमुख घनश्याम गिरीले पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सब सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा चन्द्रागिरीलाइ चिनाउने महोत्सब लगायतका बिभिन्न कार्यक्रमहरुलाई थप परिस्कृत र परिमार्जन सहित गर्दै जाने बताए ।


राष्ट्रिय गान संगै सुरु बह्येको उक्त समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे द्वारा पानस मा दिप प्रज्वलन सहित गरेकी थिईन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले महोत्सब सफलता पुर्वक सम्पन्न गराउन आहोरात्र खटिने आयोजकलाइ धन्यबाद दिएकी थिइन्।


उनले आफु पनि महोत्सबमा रमाउन आएको बताउदै आजको दिन सम्म आइपुग्दा बिगतको बारेमा स्मरण गर्नु पर्ने बताइन उनले चन्द्रागिरी हिजो कस्तो थियो आज कस्तो भयो? चन्द्रागिरीलाइ आगमी दिनमा कसरि अघि बढाउने ?चन्द्रागिरी को रौनक आज भन्दा ५० वर्ष अघि कस्तो थियो? आज कस्तो भयो र नगर बासि कस्ता थियौ भन्ने बारे सबैले एकपटक स्मरण गर्न अनुरोध गरेकी थिइन् ।

उनले गित संगीत मार्फत महोत्सबमा रमाइलो गर्न अनुरोध गर्दै रमाइलो संग संगै ज्ञानबर्दक रमाइलो पनि गर्न अनुरोध गरेकी थिईन ।उनले महोत्सबमा सिकेको ज्ञानले आगामी दिनमा राम्रो काम गर्नको लागि प्रेरणा मिल्नेछ भन्ने बिश्वास ब्यक्त गरेकी थिइन् उनले युवा हरुले गीत गाउदा युवतीहरुको शिर निहुरिने र युवतीहरुले नाच्दा खेरि युवाहरु र अभिभावकहरुको शिर निहुरिने ढंगले प्रस्तुति नहोस भन्ने कामना गरेकी थिइन् ।
उनले चन्द्रागिरीको संस्कृति धेरै ठुलो रहेको बताउदै एतिहासिक संस्कृतिलाइ भाबि पुस्ताको लागि जीवन्त राख्ने काम आज सबैको कर्तब्य भएको समेत बताइन। उनले चन्द्रागिरीमा धार्मिक प्राकृतिक एतिहासिक प्राचिन संस्कृति रहेको भन्दै त्यसलाई जोगाउनको लागि एक जुट हुनु पर्ने समेत बताइन।


उनले चन्द्रागिरीको स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, स्थानीय उत्पादन तथा अन्य विषयलाई उजागार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सब सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै महोत्सवका दौरान भएका कमजोरीहरुलाई आगामी दिनमा नदोहोर्याउन अनुरोध गरेकी थिइन् ।


कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै प्रदेश सभा सदस्य बेली माया घलेले आयोजकलाइ धन्यबाद दिदै ९ दिन सम्म चेलेको उक्त महोत्सब उत्साह पुर्वक समपन्न गर्नको लागि सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएकी थिइन्। उनले चन्द्रागिरि नगरपालिकालाइ देश विदेश सम्म चिनाउने प्रयास महोत्सवले गरेको बताइन । उनले १० दिन सम्म अहोरात्र खटेर महोत्सवलै सफलता पुर्वक सम्पन्न गर्नको लागि गरेको मेहेनेत कठोर परिश्रम प्रशंसनीय रहेको बताउदै प्रदेश सभा र आफ्नो व्यक्तिगत तर्फ बाट धन्यवाद ब्यक्त गरेकी थिइन् ।चन्द्रागिरीको विकास र प्रवर्द्धनको लागि फलदायी रहेको बताउदै चन्द्रागिरी नगरबासीको आर्थिक बृद्दी बिकासमा थोरै भए पनि टेवा पुगेको आफुले महसुस गरेको बताइन। उनले महोत्सबमा राखिएको स्टलमा चन्द्रागिरी नगरबासि दाजुभाइ दिदीभाईले स्थानीय रुपमा आफ्नै हात बाट उत्पादन गरेका सामग्रीहरुले स्टल भरि खचाखच भएको आफुले पाएको बताएकी थिइन् ।उनले महोत्सब मार्फत स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवद्र्धन र बजार व्यवस्थापनमा पनि सघाउ पुर्याउने बिश्वास ब्यक्त गरिन ।

प्रदेश सरकारले आगामी दिनमा पनि यस्ता महोत्सब आयोजना गर्दा आफ्नो तर्फ बाट गर्ने योगदान पुर्याउने भन्दै त्यसको लागि समन्वय र सहकार्यको लागि आफु सदैब तयार रहेको बताएकी थिइन् ।
व्यतित्व विकास,नेतृत्व विकास र आफु भित्रको कलालाई प्रस्फुटन गर्ने उदेश्य सहित मिस,मेस्टर एण्ड किड्स चन्द्रागिरीको समेत आयोजना गरिएको थियो। जसमा बेस्ट मोडल आकृति कुँवर हुन सफल भइन बेस्ट ड्रेसमा स्मिता केसी त्यसै गरि बेस्ट वाप मा एनी बस्नेत भएकी थिइन भने बेस्ट स्माइलमा आरवी राणा बेस्ट हियरमा मन्जिल गुरुङ , त्यसै गरि बेस्ट लूक्स मा प्रीतिमा कटुवाल भएकी थिइन् ।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे , बिशेष अतिथि बेलिमाया घले र चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहले पुरस्कार बितरण गरेका थिए।
त्यसै गरि महोत्सब्कै अवसरमा आयोजित चन्द्रागिरी डान्स आइडलमा अस्मिता लामाले पाचौ स्थान हासिल गर्न सफल भएकी थिइन्। अप्रिषा अधिकारी चौथो स्थान हासिल गरेकी थिइन् तेस्रो स्थान सरिता तामांगले हासिले गरेकी थिइन् भने दोस्रो स्थान रितिशा बुढाथोकीले हात पारिन ।
त्यसै गरि चन्द्रागिरि डान्स आइडल को उपाधि प्रिन्सा श्रेष्ठले हात पारिन ।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंखर खड्का ,महानगरीय ट्राफिक प्रहरी प्रमुख शंकर खड्कालाई नेपाल प्रहरी सेवामा लागेदेखिनै समाजमा शान्ति सुब्यवस्था र अमन चयन कायम गर्न र अविछिन्न रुपमा प्रहरी संगठनमार्फत देश र नागरिकको हितका खातिर आफ्नो जीवनको उर्वर समय, उर्जा तथा सिर्जनशीलता अर्पण गर्र्दै प्रहरी संगठनमा रहेर देश र नागरिकको सेवा तथा संगठनको श्रीबृद्धि तथा काठमाण्डौंमा लागु औषध नियन्त्रणमा महत्वपुर्ण भूमीका पु¥याएको भन्दै चन्द्रगिरी नगरपालिकाले सम्मान गरेको हो ।
त्यस्तै चन्द्रगिरीका नगरप्रमुख घनश्याम गिरीले लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहि समाजिक रुपान्तरणको साथै देशको आर्थिक ,सामाजिक र सांस्कृतिक समुन्नतिमा योगदान पुयाए वापत अनलाईन खवर डट कमका संवाददताता गोरब पोखरेल, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता विष्णु नेपाल, राष्ट्रिय समाचार समितिकाका समाचारदाता अच्युत रेग्मी, एविसी टेलिभिजनका व्युरो प्रमुख रविन्द्र पौडेल, रातोपाटी डट कमका कुवेर राज गिरी, कपन अनलाईनका बिकल साप्कोटा लाई सम्मान गरेका हुन ।
कार्यक्रमका संयोजक राम नारायण घिमिरेले महोत्सव अवधीभर दुई करोड २५ लाख कारोवार का साथै ६० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए ।
उनले धर्म, संस्कृति र परम्परालाई जिवित राखी राष्ट्रय तथा अन्तराष्ट्रिय स्तिरमा चिनाउन र चन्द्रगिरीको संस्कृति लाई उजागर गर्न यो महोत्सव निकै फलदायी भएको वताए ।
कार्यक्रमका सहसंयोजक तथा प्रचार प्रसार संयोजक रोसन दानीले चन्द्रगिरिको सम्रग विकास, सामाजिक रुपान्तरण र आर्थिक समृद्धि दिगो विकासको लक्ष्यलाई पुर्णता दिन र चन्द्रगिरिको सुनौलो भविष्य निमार्ण गर्दे नेपालकै नमुना पर्यटकिय गन्तव्यको रुपमा विकास गर्दे ,यहाँको सांस्कृतिक एतिहासिक र भौगौलिक बातावरणको सदुपयोग गर्दे समृद्ध समाज निमार्णमा अघि वढ््ने वताए ।
कार्यक्रममा वोल्दै सह संयोजक श्रीहरि थापाले चन्द्रगिरिको पहिचान र संस्कृतिलाई उजागर गर्न यहाँका सवै वस्तुहरुको दिगो पर्यटन विकासमा लान युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
भहिकल ऐकेडेमीका अध्यक्ष राजेश घिमिरेले चन्द्रगिरि महोत्सवमा स्थानिय कला संस्कृतिलाई समावेश गरि नगरको स्वाभिमानलाई उच्च वनाउने काम गरेको वताए । उहाँले आफ्नो संस्था वाट डाईभिङ सिक्न आउने हरुकोका लागि बैशाख भित्र आउने अरुका लागि २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा स्थानीय कलाकारको साथमा नेपाल आइडलका प्रताप दास ,रवि रिमाल,धिरज राई,ज्योती मगर,एस कुमार,कमल खत्री लगायतका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए ।