पुष्पन प्रधानको संगीतमा आयो सबैलाई रुवाउने निर्मला पन्त हत्या प्रति बन्यो मार्मिक गीत [भिडियो ]

0
112

पछिल्लो समय नेपाली समाजमा भैरहेका विभिन्न महिला हिंसाका घटना बिशेष गरी निर्मला पन्तको हत्या प्रकरणको प्रतिबिम्ब गर्दै गीतकार जोया श्रेष्ठ गीत ‘सोच बदल्नु पर्छ घटना आफै हराउँछ’लाइ रिलिज गरेकी छिन लोकप्रिय गायक एवं संगीतकार पुष्पन प्रधानको संगीत र करिश्मा विश्वकर्माको स्वर रहेको गीत ‘सोच बदल्नु पर्छ’ म्युजिक भिडियोमा गीतको भावअनुसार नै जघन्य महिला हिंसाको घटनालाइ कसरी घटिरहेको छ भनेर देखाउन खोजिएको छ भने सोच बदल्ने हो भने घटना आफै हराउँछ भन्ने सन्देश दिन खोजिएको छ पेमा मान सिङ तामांग सम्पादन एबम निर्देशन मा बनेको भिडियोमा सन्तोष लामाको क्यामेरा र भेषराज गौतमको मुख्य अभिनय रहेको छ अभिनय मार्फत नेपाली सांगीतिक छेत्रमा लागेकी गीतकार जोया श्रेष्ठ गीत संगीतको माध्यमबाट पनि सामाजिक सहयोगका काम र समाजमा जनचेतना जगाउने काममा सक्रिय छिन गीत सगीत भन्दा पनि सामाजिक सेवामा सक्रिय छिन ”आम बुवा ट्रस्ट”खोलेर सामाजिक कार्यमा लागेकी उनले विभिन्न समयमा प्राकृतिक प्रकोपमा परेका नेपालीको लागी सहयोग गर्दै आएकी छिन केहि समय अघि उनी प्रमुख रहेको ”आम बुवा ट्रस्ट’ले हुरीबाट प्रभावित वीरगंज महानगरपालिका वडा नम्वर १८ भवानीपुर टोल सुखचैनाका ४३ घर परिवारलाई घर घरमै पुगेर राहत वितरण गरेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice