एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने भएको छ । जसमा अध्यक्ष पदमा महेन्द्र देशारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । मेरिल्याण्डका अग्रज ब्यक्तीहरुको आग्रहलाई स्वीकार गर्दै हाल : अध्यक्षका उम्मेदवार महेन्द्र देशारले अघिल्लो पटक अध्यक्ष हुने ईच्छाबाट पछि हटेर सचिवमा बसी सहमति गरेका थिए । त्यही सहमतिलाई आत्मसात गर्दै २ वर्ष पछि अध्यक्ष पदमा देशारले उम्मेद्वारी दिएका हुन् ।

मेरिल्याण्डमा बसोबास गर्दै आएका आमा , बुबा, दाजुभाइ, दिदीबहिनीको प्रेरणाले नै यहाँसम्म ल्याएको कुरा एन.आर. एन. ए. मेरिल्याण्ड च्यापटरका वर्तमान सचिब महेन्द्र देशारले बताएका छन् । महेन्द्र देशार करिव १२ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । एन. आर. एन. ए मेरिल्याण्ड च्याप्टरको हाल : हुन गैरहेको निर्वाचनमा महेन्द्र देशारको समुहलाई अत्यधीक मतले जिताउन उनले अपिल गरेका छन् ।

एन.आर.एन. यूएसएको राष्ट्रीय समिति र च्याप्टर बिचको सम्वन्धलाई अझै व्यवस्थित गर्दै स्थानीय छाता संगठन वाना र अन्य संघ संस्थाहरूको विचमा एकता र सहकार्य गरी वाल्टिमोर नेपाली समाजलाई उदाहरणीय समाजको रूपमा अघि बढाउनुका साथै अमेरिकामा बस्ने हरेक नेपालीहरुको दुख सुखमा मलम पट्टीको रुपमा सहयोग प्रदान गर्ने कुरा देशार समुहले जानकारी गराएको छ । सम्पुर्ण उम्मेद्वारहरुलाई अग्रिम बधाई एबम् सफलताको शुभकामना ।