सारंगी बादकको भूमिका बाट नेपाली लोक तथा दोहोरी गीतहरु शृंगारीरहेका सारंगी बादक हेमन्त कान्छा रसाइलीले भर्खरै मात्र “बालापन”बोलको गीत लिएर आएका छन् । प्रस्तुत गीतमा बालापनको हरेक क्रियाकलाप लाई खोतल्दै आफ्नो आमा बाबाले देखेको सपना पुरा गर्न नसकेर परदेशी भएको कथा समाबेश गरिएको छ ।

हेमन्त कै लय शब्द र स्वरमा तयार भएको गीतको म्युजिक भिडियोमा पनि हेमन्त कान्छा रसाइली स्वयम् देखिएका छन् । उनि संगै आरुष भुसाल, अभिषेक रसाइली, खेम घर्ति, कृष्ण खड्का र राजेन्द्र महराको पनि अभिनय देख्न सकिन्छ । बालापन बोलको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।