परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल तथा महानगरीय प्रहरी बृत सिंहदरवारको संयुक्त आयोजनामा परोपकार प्रसुती अस्पताल परिसरमा आयोजित सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी अभियान २०७६ आज बिहान एक समारोहका बीच परोपकार तथा स्त्रीरोग अस्पतालका निमित्त निर्देशक प्राध्यापक डा. कल्पना सुबेदीले गमलामा करुवाले जल सेचन गरि चेतनामुलक र्यालीको सुभारम्भ गर्नुभयो ।
चेतनामुलक र्यालीमा वडाध्यक्ष्य लगायतका जनप्रतिनिधिहरु, स्थानीयबासीहरु, प्रहरी र उक्त असपतालमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरि अं १५० जनाको सहभागिता रहेको थियो ।
र्याली अस्पताल परिसरबाट थापाथली चोक हुंदै रोजबर्ड कलेजको बटो हुंदै पुन अस्पताल परिसरमा आई सभामा परिणत भएको थियो ।
कामनपा ११ नं का वडाध्क्ष्य हिरालाल तण्डुकारको अध्यक्ष्यतामा आयोजित सभामा थापाथली बिकास समितिका अध्यक्ष्य विश्वम्भर मान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र बागबजारका अध्यक्ष्य बिपेन्द्र खड्गी र महानगरीय प्रहरी बृत सिंहदरवारका कार्यालय प्रमुख प्रनाउ काजीकुमार आचार्य लगायतका बिशिष्ट ब्यक्तिहरुले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा असर पुराउनुका साथै यसको पूर्ण रुपमा निषेधको लागि सबै सवै तहबाट सहयोग हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी निमित्त निर्देशक कल्पना सुबेदीले अस्पताल परिसरमा कनै पनि अबस्थामा धुम्रपान तथा सुर्तीसेवन गर्न नदिईने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष्य तथा वडा नं ११ का अध्यक्ष्य हिरालाल तण्डुकारले स्थानीय प्रतिनिधिले गर्ने यस्ता खालका कार्य्रक्रम प्रहरी र अस्पतालको अग्रसरतामा भएकोमा प्रशंशा गर्दै स्थानीय जनप्रतिनिधीको हैसियतले यस अभियानको पूर्णरुपले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य अस्पतालकी प्रशासन प्रमुख रेनु थापाले राख्नु भएको थियो भने महानगरीय बृत सिंहदरवारका प्रहरी निरीक्षक भोजराज पाण्डेयले कारयक्रमको संचालन गर्नुभएको थियो ।