आगामी भदौकोअन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा “फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स” आयोजना हुने
भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले आगामी भदौ २५ गते बुधबार देखि २९ गतेआइतबारसम्म राजधानीमा एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो। संघकै आयोजना विगत ६ बर्षदेखि फर्निचर तथा फर्निसिङएक्स्पो आयोजना हुदै आएको छ ।बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुन सक्ने बताइएको छ ।किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा,म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर,होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले जानकारी दिए । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको अग्रवालको भनाई थियो ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेे छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजय सागर प्रधानले एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ । ५ दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

dav