महानगरीय प्रहरी बृत सिंहदरवारले समुदाय प्रहरी साझेदारी अन्तर्गत बियज स्मारक बिधालय डिल्लिबजारका कक्षा ९ मा अध्यनरत ४२ जना बिधार्थीहरुसंग १ दिने प्रशिक्षणमुलक अवलोकन कार्यक्रम सम्पन गरेको छ ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत बिधालयको बिभिन्न तहहरुमा अध्यनरत बिधार्थीहरुलाई प्रहरीले समाजमा शान्ती सुव्यबस्था कायम गर्न अपनाउने बिबिध कृयाकलाप लगायतको गतिबधिहरु बिधार्थीहरुलाई सो अबसरमा जानकारी गराइएको थियो ।
भोलीको समाजको लागि कोशेढूङगाको रुपमा रहेको बिधार्थीहरुलाई यस खालको कृयाकलापमा सरिक गराउन सकेको खण्डमा अपराधरहित समाज निर्माण गर्ने कर्यमा बिधार्थीहरुले समेत अह भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।
सो भिजिटको अबधीमा बृत सिंहदरवारले गरेको काम कार्वाहीहरुको अलावा बृत अन्तर्गतका बिभिन्न गतिबिधीहरु विधार्थीहरुलाई अवलोकन गराइएको थियो । उक्त भिजिटको क्रममा बिधार्थीहरुका जिज्ञासाहरुको बारेमा बृत प्रमुख प्रहरी नायव उपरीक्षक काजी कुमार आचार्य र सो बृतमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम पश्चात हातमा फुल दिएर बिदाई गर्दै प्रमुख काजीकुमार आचार्यले भने आगामी जीवन यसैगरि फूल झै फूलिरहोस ।
प्रहरीको यस किसिमको आतिथ्यता सहितको कार्यक्रममा सहभागिता हुन पाउंदा सो कार्यक्रममा सहभागि बिधार्थी तथा शिक्षकहरु शब्दबिहिन किकर्तव्यविमुढ भएका थिए ।