चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका पुर्णकला बि.सीको “झोला” बोलको गीत सार्वजानिक भएको छ । बैकुण्ठ महतको शब्द रहेको उक्त गीतमा गायक खुमन अधिकारीको नै संगीत रहेको छ भने कृष्ण बि.के (भान्जा)को एरेंज रहेको छ ।

धेरै चर्चित गीतहरु गाइसकेका गायक खुमन अधिकारी र गायिका पुर्णकला बि.सीको उक्त गीत झोलामा माया पिरतीका कुराहरु समावेश गरिएको छ । धन केपि र दिपा पनेरुको अभिनय रहेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो गायिका पुर्णकला बि.सिको युट्युब च्यानलबाट सार्वजानिक भएको छ।