मनसुधा मिडिया प्रा.लि.को दोस्रो प्रस्तुति नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ भएको छ । चलचित्र टिमका कलाकारहरुको उपस्थितिमा आइतबार बिहान त्रिचोक, भरतपुरस्थित श्री दुर्गा भगवती मन्दिरमा उक्त चलचित्र ‘भो माया लाउदिन’को शुभ मुहर्त गरिएको हो ।

पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको उक्त चलचित्र पैसाभन्दा माथि परिवार छ भन्ने सन्देश बोकेको निर्माता तथा निर्देशक म्याक्टेन कालुले बताए । चलचित्रले अहिलेको समसामयिक सामाजिक घटनालाई दर्पण गर्ने र भरपुर मनोरञ्जन दिने निर्देशक कालुको भनाइ छ ।
यसअघि नेपाली कथानक चलचित्र ‘पटुकी’ निर्देशन गरीसकेका निर्देशक कालुले यो फिल्मलाई अझ परिस्कृत र स्तरीय ढंगलले निर्माण कार्य तिब्र गतिमा लगेको बताए । करिब एक महिनामा छायांकन सकेर छिटोभन्दाछिटो दर्शक सामु चलचित्र ‘भो माया लाउदिन’ पस्कने उनले भने।

उक्त चलचित्र चितवन, नवलपरासी, मकवानपुर आसपासका ठाउँमा छायांकन गरिने निर्देशक कालुको जानकारी गराए । उक्त चलचित्रमा कलाकारहरु ब्रिजन मिजार, प्रमिला विसी, मेरी बास्सै, गोलमाल ,पटुकिू जस्ता चलचित्र र टेलिचलचित्रमा काम गरिसकेका कलाकार नबराज अधिकारी (मित्रे बा), आशा रसाइली, अभि शर्मा, समिर अधिकारी, प्रदिप ओझा, लक्ष्मी शाही, तथा खेम रानामगरले अभिनय गर्ने निर्देशक कालुले बताएका छन् । चलचित्रका पटकथा ढुण्डीराज कोइराला, छायाकंन सन्तोष सुनारले गर्ने बताइएको छ ।