बिगत लामो समय देखि संगीत कर्म मा लाग्नु भएका संगीतकार शालिकराम घिमिरेको एकल संगीत गायक शशि बिक्रम थापाको आवाजमा रहेका दुइ भजन संग्रह को बिहिबार कार्यक्रम आयोजना गरि बिमोचन गरिएको छ । बरिष्ठ साहित्यकार एवं गीतकार रत्न सम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिशेष व्यक्तित्वको उपस्थिति रहेको थियो । सार्वजनिक एल्वमका गीतलाइ बरिष्ठ कलाकार एवं साहित्यकार रत्न बेहोसिले समिक्षा गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार ले लाइभ प्रस्तुती पनि दिएका थिए ।कार्यक्रम मा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयाेगि भूमिका खेलेका सबैलाइ सम्मान गरिएकाे थियाे ।
त्रिबेणी नाम दिइएको उक्त भजन संग्रह भाग १ र भाग २ का केहि गीतको भिडियो पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । लामो समय देखि शास्त्रिय संगीत मा सक्रिय शालिकराम घिमिरे र गायक एवं संगीतकार शशि बिक्रम थापा ले सयुक्त रुपमा यी एल्वम बजारमा ल्याएका हुन् । एल्वमका गीतमा जनार्दन न्यौपाने , शिवजी प्रसाद न्यौपाने , मनोहर गौतम , केशव पाठक लगायत संगीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।भजन संग्रह का केहि भजनलाइ युटुब बाट पनि हेर्न सकिन्छ।