पछिल्लो समयका चर्चित गीतकार डि.पी खनालको शब्द र “भ्वाईस अफ नेपाल”को ब्याटल राउन्ड सम्म पुगेर चर्चा बटुलेका प्रतिस्पर्धी गायक दिपेश लामाको स्वरमा रहेको गीत “जुनकीरी”गीतको सार्वजनिक भएको छ
दिपेश लामाको आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोलाइ शुक्रबार रिलिज भएको हो । मनोज थापा मगरले संगीत भरेको यस गीतका एरेन्जर देवेश राई हुन् ।
लक्ष्मी गुरुङ र दिपेश स्वयंको अभिनय रहेको भिडियोमा दिपक गिरीको छांयांकन,अबिनाश डिसीको सम्पादन तथा गौतम शेर्पाको निर्देशन रहेको छ।
यसअघि ‘दि भ्वाइसअफ नेपाल’बाट चर्चा कमाएका दिपेश लामा ‘द ब्रदरहुड’ ब्यान्डसँग पनि आवद्ध छन्।
हेर्नुस् भिडियो
https://www.youtube.com/watch?v=4upsPZ0n8a8