सञ्चारकर्मीद्वय इच्छा र शीलुको व्यवसायिक यात्रा, लोकप्रिय भारतीय ब्रान्ड ‘लाभा’को आउटलेट स्थापना [फोटो फिचर]

0
55

रेडियो तथा टेलिभिजन प्रस्तोताका रुपमा स्थापित भई ख्याती कमाएका दुई सञ्चारकर्मी इच्छा गुरुङ ‘शाह’ र शीलु अधिकारी ‘श्रेष्ठ’ ले लोकप्रिय भारतीय टेक्सटायल ब्रान्ड ‘लाभा’ नेपाल भित्राइएर व्यवसायीको नयाँ परिचय थपेका छन् ।
लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध भई काम गर्दै आएका सञ्चारकर्मी द्वय इच्छा र शीलुले साझेदारीमा भारतीय एथेनीक वेयर्स ‘लाभा’ को स्टोर्स सञ्चालनमा ल्याएका हुन् । काठमाडौंको सुन्धारास्थित सिभिल मलको पहिलो तलामा अवस्थित ‘लाभा स्टोर्स’ पसल र बरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ, वरिष्ठ गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी एवं फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धर र उद्यमी निता पौडेलले एक समोरोहको विच उद्घाटन गरे । उद्घाटन समारोहमा संगीत र मिडिया क्षेत्रका व्यक्तित्वहरुको राम्रो उपस्थिति देखिन्थ्यो ।
बिशेष गरी महिलाहरूलाई लक्षित गरि सञ्चालनमा ल्याइएको ‘लाभा’ फेशन स्टोर्समा कुर्ति सेट, पार्टी सेट, टप्स, सर्ट, लेगिज, प्लाजो, लेहेंगा, पटियाला, सरारा, लेडिज पार्टी व्याग लगायत थुप्रै सामान अन्त भन्दा सर्वसुलभ मूल्यमा पाइने र केही समयका लागि विशेष छुटको अफर पनि रहेको संचालिका शिलु अधिकारीले बताइन ।

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice