पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ” को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन ।

प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो ” गीतको भिडियोमा अर्जुन , ईश्वरी र ताराको फिचरिङ रहेको छ ।भिडियो हेर्न तल क्लिक गर्नु होला ।