नविन घोरसाइने/ जितपुर, भक्तपुर
भक्तपुरको चाँगुनारायण नपा वडा नं ८ स्थित सिवापाखामा बहुप्रतिक्षित २५ सैयाको अस्पतालको समपूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।
पाँच महिना अघि सिलान्या भएको उक्त अस्पतालको निर्माण कार्य तोकिएको समयमा नै सम्पनन भएको हो । उक्त अस्पताल निर्माणको ठेका पाएका ठेकेदार प्रेम लामाले तीन करोडको लागतमा तयार भएको अस्पतालको सम्पूर्ण कोठाहरु आवश्यक सामानहरु सहित अस्पताल उपयोगको लागि तयार भएको बताउनुभयो । अस्पताल निर्माण भएसंगै यसबाट नगरपालिकाका सहित वर परका नगरबासीहरुले समेत सेवा तथा सुविधा पाउने चाँगुनारायण नगरपालिकाका मेयर सोभ मिश्रले बताउनुभयो ।