भक्तपुरलाई केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प ‍गएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दिउँसो ४:१५ मा भूकम्प गएको हो। भक्तपुरका साथै काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ। यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको जनाइएको छ।