राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई साकार पार्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयको नयाँ भवन सोमबार शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको बजबुत बनाउन र नियममा अनुशासन कायम गर्दै उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रिय बैंकको भूमिका प्रभावकारी हुनपर्ने बताउनुभयो । उहाले आम नेपालीको विश्वास र भरोसा भएको बैंकले समृद्ध नेपाल,सुखी नेपालीको अभिभारा पुरा गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको बताउनुभयो । सरकार आर्थिक वृद्धि र सामाजिक न्यायमा आधारित वितरण प्रणालीलाई समेत प्राथमिकता दिइएको बताउनुभयो । उहाँले मुलुकलाई विद्युतीय र बंैकिङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बतानुभयो । वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकोले मुल्यवृद्धि,व्यापार घाटा घटाउन र लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भुमिका खेल्न सक्नुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भुकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायतका कार्यालय प्रभावित भएको जानकारी दिनुभयो ।