भोजपुर सदरमुकामको हटियामा भएको गोली हानहानमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज विहान प्रहरी र विप्लब कार्यकर्ता विच भएको गोली हानहानमा प्रहरी जवान सन्जिव राई, विप्लब समुहका ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । घटनामा प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्न साथ अस्पताल लगिएका दुवैलाई डाक्टर मृत घोषण गरेका थिए । सर्च अप्रेसनमा रहेको प्रहरीलाई विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो । मृतक सन्जिबको पेटमा र विप्लब कार्यकर्तालाई वाँया घुँडा र तिघ्रामा गोली लागेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । मृृतक सजिन्ब माथी गोली प्रहार भएर ढलेपछि अर्का प्रहरी जवानले गोली चलाएको प्रमुख जिल्ला अधिकारीले खतिवडाले जानकारी दिए ।