महिलाहरुको महान पर्व हरितालिका तीज नआउदै तीज गीतहरु बजारमा आउने क्रम जारी छ । कस्ले छिटो तीज गीत बजारमा ल्याउने र कस्को गीतको भ्युज बढी जाने भन्ने कुरामा होडबाजी चलिरहेको छ । सोही क्रममा अन्नपुर्ण भिजनको प्रस्तुतीमा चर्चित गायिका श्रीदेबी देबकोटाको तीज बिशेष गीत “ओली बाको रेल” को भिडियो सार्वजनिक भएको छ ।

यो गीत अन्य गीत भन्दा अलि पृथक र यथार्थपरक पनि रहेको छ । यस गीतमा खेम सेन्चुरीको शब्द, संगीत रहेको छ भने चन्द्र शर्मा र श्रीदेबी देबकोटाको स्वर रहेको छ । चर्चित निर्देशक शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा राजेन्द्र नेपाली (लट्टे) उमेश राई (फुलन्देको आमा) को अभिनय हेर्न पाईनछ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।