“रक्तदान जिवनदान” भन्ने मुलनारालाई आत्मासाथ गर्दै श्रावण १ गते काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि.(कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN) को संयोजनमा काठमाडौं स्थित नयाँ बजारको खुसिबुमा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न भएको छ ।

यस कार्यक्रम ” हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” ले आयोजना गरेको हो । कार्यक्रममा हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि कि अध्यक्ष शोभा कुमारी वाडाले अध्यक्षता ग्रगण गरेकी थिईन् भने लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपालकी डिस्टीक गर्वनर ईन्दु लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजकको रुपमा भोलानाथ पाठक रहेका थिए ।

सो कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन कृष्ण आँशुले गरेका थिए । रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, बिधार्थी, ब्यापारी, समाजसेबी लगायत अन्यले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुको उत्साहजनक सहभागीता रहेको थियो ।