विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण र छायाँकार हरी हुँमागाईको निर्देशन तथा सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’को टिजर रिलिज भएको छ । सुमीलाई चलचित्रको टिजरमा भरपुर एक्सन दृश्यमा देखाइएको छ । रिभेन्जको कथामा बनेको चलचित्रको टिजरमा मुख्य कलाकार विजय लामा, सन्नी सिंह, धिरेन शाक्य आदि लगायतका कलाकार हरु देख्न सकिन्छ ।

चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, धिरेन शाक्य युवराज लामा, आमिर गौतम, लिओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कार्यकारी निर्माता सिर्जना जोशी रहेका छन् । चलचित्रमा कथा,पटकथा र संवाद राघव कृष्ण गौतमको रहेको छ । चलचित्रमा द्धन्द्व निर्देशन शंकर महर्जनको ,सम्पादन निमेश श्रेष्ठको रहेको छ ।

चलचित्र कार्तिक २२ गते देखि रिलिज हुँदैछ ।