महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दाको अवस्थामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । पछिल्लो समयमा तीज विशेष गीत “माईतिको देशैमा” बजारमा आएको छ । यस गीतलाई सहारा फिल्मस एन्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले बजार ब्यवस्थापन गरेको छ ।

जसमा जिबि सुनार र अपेक्षा गिरीको स्वर रहेको छ । यस गीतमा जिबि सुनारको शब्द, सङ्गीत रहेको छ । चर्चित मोडल एबम निर्देशक शिबन पोखरेलको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, शिलन लम्सालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा अप्सना थापा, सुन्दर डल्लाकोटी र जिबि सुनारको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।