नेपाली वेभ सिरिज ‘डियर लभ’को ‘बोलन केही बोल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजिनक गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ । ‘बोल न केही बोल’मा गायक कमल खत्रीकै संगीत रहेको छ ।
रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण र विवेक रसाइँलीको कथा एवं निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारको अभिनय रहेको छ । स्क्रिन–प्ले तथा सम्वाद रविन बोगटीको रहेको ‘डियर लभ’मा रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।