ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील व्यवसायी संघ कपनको साधारण सभा कार्यक्रममा फस्ट आइडिया नेपाल म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टषद्वारा कर सम्बन्धी जानकारी प्रदान गरियो। कार्यक्रममा फस्ट आइडिया नेपालका प्रतिनिधि क्षितिज आर्यालद्वारा कर सम्बन्धी बृतचित्रसहित व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।

सरकारले ल्याएको सामाजिक सुरक्षा कोष,न्युनतम परिश्रमिक,कर्मचारीहरुको प्यान कार्ड बनाई बैंक मार्फत तलब भक्तानी,एक हजार माथिको भक्तानीमा अनिवार्य प्यान बिल,स्थानीय निकाय तथा कर कार्यलयमा दर्ता प्रक्रिया,घर बहाल कर आदि विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति एवं ग्रील तथा स्टील व्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बैंक मार्फत तलब दिन तत्काल नसकिने बताए।उनले भने ग्रील तथा स्टील ब्यवसायीहरुलाई त्यसबारेमा सुसुचित गरेर मात्र सहभागी गराउन सकिने हुँदा कम्तीमा १ बर्षको समय थप्ने ब्यवस्था मिलाउन आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथी एवम महासंघका अध्यक्ष कटुवालले अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे । कटुवालले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग व्यवसायीहरुलाई सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न पनि आग्रह गरे।उनले त्यसको लागि सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह गरे। उनले ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागि महासंघ तत्पर रहेको बताए।