कालिकोट जिल्लाको विकट पलाता गाउँपालिकामा अस्पताल निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्लाको पलाता गाउँपालिका वडा न ९ मा १५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराका स्वकीय सचिव निराजन बमले बताउनुभयो । २०७४ माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले कालिकोट जिल्लाको पलाता गाउँपालिकामा अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । कालिकोट जिल्लाको दुर्गम गाउमा बिगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा समस्या भोग्दै आएका जनताको पक्षमा मन्त्रीको स्वकीय सचिव हुदा आफुले अस्पताल निर्माण गर्न आफुले पहल गरेको बमको भनाइ छ ।
कालिकोटका जनताको स्वास्थ्य उपचार पाउने अधिकारलाई रक्षा गर्न मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुने तात्कालिन स्वास्थ्य मन्त्री दिपक बोहोराप्रति आभारी भएको बलमे बताउनुभयो । पलाताका स्थानीयले आफ्नो स्वास्थ्य अधिकार सुरक्षीत गर्ने पूर्वमन्त्री बोहारालाई सधै सम्झिरहेने उहाको भनाइ छ ।
तात्कालिन मन्त्रिपरिषद्को निर्णयपछि अस्पतालको भवन निर्माण गर्न स्थानीय पाँच रोपनी जग्गा समेत निशुल्क उपलब्ध गरायसकेको जनाइएको छ । जग्गा निशुल्क गाउँपालिकाका स्थानीय चक्र बम,राजबहादुर बम,हर्क बम र अर्जुन बमको परिवारले उपलब्ध गराएका हुन । सबै भन्दा महत्वपूर्ण भनेको नै दान गर्नुभएकाले जग्गा दान गर्ने परिवारलाई सिङ्गो गाउँपालिकाले नै सम्मान गर्न पछि नहट्ने बमको भनाइ छ ।
पलातामा १५ शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको खबरले यहाका जनताहरु निकै खुसी भएको अस्पतालबाट सेवा पाउनेमा आशावादी रहेका छन् । 
आफू स्वास्थ्य मन्त्रालयमा हुँदा जिल्ला अस्पताल कालिकोटमा जिण हुँदै गएका उपकरणहरु परिवर्तन गर्न ११ लाख बराबरका उपकरणहरु उपलब्ध गराउन सफल भएको बलमे बताउनुभयो । उहाले कालिकोटको थिर्पुमा रहेको लघु जलविद्युत आयोजनामा १९ लाख बराबरको फलामको पोल र कालिकोट जिल्लामा रहेको इलाका खाद्य डिपो सस्थापना गर्न समेत सफल भएको जानकारी दिनुभयो ।