भारतको कर्नाटकमा हुने शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराते च्यामपियनसीप २०१९ मा भाग लिने खेलाडीहरुको आज एक कार्यक्रमका बीच बिदाइ कार्यक्रम सम्पन्न भएको छ |
कर्नाटक प्रदेशको शिमोगा जिल्लामा अगष्ट महिनाको २४ र २५ तारिखमा सम्पन्न हुने उक्त्त च्यामपियनसीपमा सार्क राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने छन् |नेपालको तर्फबाट नेपाल गोजुकाइ कराते डो संघका उपाध्यक्ष अच्युतराज उप्रेतीको नेतृत्वमा खेलाडी हरु अनिश श्रेष्ठ र जोगमेहर लामाले उक्त खेलमा आफ्नो सहभागिता जनाउने छन् | टिम मेनेजर अच्युतराज उप्रेती सहितको टोलीलाई संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशु राज श्रेष्ठ, महासचिब तथा सह प्रमुख प्रशिक्षक इन्द्र बहादुर शाही खड्गे तथा संघका पदाधिकारीहरुले बिदाइ गर्नु भएको थियो ।