रबि लामिछाने साधारण तारेखमा छुटेका छन् । चितवन जिल्ला अदालतको आदेशमा रबि लामिछाने सहित तिनै जना रिहा भएका हुन् । रबि लामिछाने ले ५ लाख धरौटीमा रिहा भएका हुन् । त्यस्तै युबराज कडेल तिन लाख र अस्मिता बिना धरौटी रिहा भएका हुन् । आत्महत्या दुरुत्साहन गर्न कुनै प्रमाण नपुगेको बताइएको छ । चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए।