फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताउनु भयो। विगत वर्षमा जस्तै यस पटक मेलाको सबै तयारी पुरा भएको छ । परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा  खुसी लागेको  संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा भन्नु भयो।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ । फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिबले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनले सहयोग गरेका छन् । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताउनु भयो । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै  संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताउनु भयो । प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लिले गरेको छ । इभेण्ट सोलुसन प्रा.लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको साथै  फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको लागि पनि यो एक्स्पो  मूख्य आकर्षण बन्न सक्ने उहाको भनाई थियो । ५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।