यहि भाद्र १८ सुरु भएको द चादबाग गोजु -काई कराते अन्तर विधायलय प्रतियोगिता आज सम्पन्न भएको छ|दुइदिन सम्म चलेको उक्त प्रतियोगितामा २५ वटा बिद्यालयका २०० बढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए |प्रतियोगितामा सहभागी बिद्यालय हरुमा क्रमश नवज्ञान भुमि,चादबाग र बासबारी प्रथम द्वितीय र तृतीय भएका थिए |

आइ.के.जी .ए का एसिया ब्लकका डेपुटी ब्लक डाइरेक्टर हिडेकि वाकासुगी र बरिस्ठ गुरु नाउतो सुगिउराको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रतियोगितामा बिजेता खेलाडी हरुलाई प्रमुख अथितिद्वय हिडेकि वाकासुगी र बरिस्ठ गुरु नाउतो सुगिउराले मेडल तथा ट्रफी वितरण गनु भएको थियो त्यसैगरि उक्त कार्यक्रममा भारतको कर्नाटकमा आयोजित शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्यामपियनसीप-२०१९का पदक बिजेता खेलाडीहरु र नेपालि टिमको नेतृत्व गर्नु हुने नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष अच्युतराज उप्रेतीलाई समानित गरिएको थियो भने गोजुकाइका महासचिब तथा प्रशिक्षक इन्द्र बहादुर शाही खड्गेलाई पनि सम्मान गरिएको थियो|

त्यसैगरी नेपाल गोजुकाइ कराते संघले २०१९ सेप्टेम्बर २१ देखी अक्टोबर ०१ सम्म फिलिपीन्सको सिबुमा आयोजना हुन गइ रहेको 7th एसेफिक गोजु-काई कराते प्रतियोगिता तथा टेक्निकल सेमिनारमा जानी उत्कृष्ट खेलाडीहरु पनि छनौट गरेको जनाएको छ उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गोजु-काई करातेका खेलाडी मनिष तामाङ र अनुरती कार्की फिलिपिन्स जाने भएका छन |