अमृत बस्नेत,  कागेश्वोरी मनहरा नगरपालिका वडा न १ मा रहेको कागेश्वोरी महादेव मन्दिरमा यो बर्ष पनि कागेश्वोरी महा मेला मनाइएको छ। भाद्र २० गते पर्ने कागे अष्टमी को अबसर लाई मध्य नजर पारेर मेला गरिएको जानकारी आयोजक ले दिएका छन् ।२० गते कागेअष्टमीका दिन कागेश्वरि महामेला को उद्घाटन गर्ने र २१ गते मन्दिरकोसरसफाइ गरिने बताएको छ साथै मन्दिरको महत्वको विषयमा धार्मिक प्रवचन र महात्म्य संचालन गरिने जनाएको छ। साथै देशका कलाकार बाट बेजोड प्रस्तुति पनि रहने जानकारी आयोजक ले दिएका छन्। तीन दिन सम्म हुने कार्यक्रम को समापन भाद्र २२ गते शनिबार हुँदै छ। धार्मिक तथा सान्सकृतिक रुपले निकै महत्वपूर्ण रहेको यस स्थान लाई पर्यटकिय स्थान को रुप मा समेत परिचित बनाउने उदेश्य का साथ बिगत केही बर्ष देखि बिभिन्न किसिमका कार्यक्रम हरु बनाउनेतर्फ स्थानीय निकाय ले पनि जोड दिएको स्थानीयले बताएका छन।हिन्दु पौराणिक ग्रन्थमा समेत मह्त्व का साथ् बर्णन गरियको यस मन्दिर मा जनैपूणिमा को दिनमा गोसाइँकुण्ड अथवा पाँचपोखरी दर्शन गरि त्यहाँ को जल यस मन्दिरमा चढाउनु पर्ने चलन रहिआएको कुरा यहाँ आउने भक्तजनहरुको भनाइ रहेको छ।