ललितपुर, छैठौं क्येस्ट फुड एंड म्युजिक फेस्ट २०१९ सम्पन्न भएको छ। क्येस्ट इन्टरटेन्टमेन्ट को आयोजना तथा ए के आर्टिस्ट म्यानेजमेन्ट को संयुक्त प्रयास मा कार्यक्रम समपन्न भएको हो।  ललितपुरको ग्वार्को मा अबस्थित क्येस्ट इन्टरनेसनल कलेजमा भएको फुड एंड म्युजिक फेस्ट २०१९ कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार नबिन के भट्टराई तथा रोहित जोन छेत्री ले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। सांगीतिक प्रस्तुति संगै विभिन्न प्रकारका खानाका परिकार पनि राखिएको थियो। तस्बिरहरु : ए के आर्टिस्ट म्यानेजमेन्ट/प्रजिन श्रेष्ठ