अमृत बस्नेत, क्रीकेटलाई धेरै अर्थमा कीर्तिमान को खेल भनेर बुझ्ने गरिन्छ।यस्तै कीर्तिमान को बिचमा अर्को अद्वितीय किर्तिमान कायम भयको छ।शुक्रबार सम्पन्न न्यूजिल्यन्ड र श्रीलन्का बिचको तेस्रो टि २० खेलको क्रममा यो रेकर्ड बनाउन सफल भयका थिए श्रीलन्का का टि २० कप्तान लसिथ मलिङ्गा। खेलको तेस्रो ओभर बलिङ को क्रममा उन्ले न्यूजिल्यन्ड का ४ ब्याट्सम्यान लाई लगातार ४ बलमा आउट गरेका थिए । विश्व क्रीकेट मा यो उनको पाँचौ ह्याट्रिक  थियो जुन आफैंमा पहिलो रेकर्ड हुन पुग्यो यस अघि यो रेकर्ड पाकिस्तानी बलर वासिम अक्रम र स्वयं मलिङ्गा को नाम मा समान ४ ह्याटि्रक सहित रहेको थियो।मलिङ्गाले एकदिवसीय खेलमा ३ र टि २० मा २ गरि पाँच ह्याटि्रक पूरा गरेका छन।वासिम र मलिङ्गा बाहेक अन्य कुनै पनि बलर ले २ भन्दा बढी ह्याट्रिक विकेट लियका छैनन।यस्तै समग्र क्रीकेट इतिहासमा यो १०० औं ह्याट्रिक रहेको थियो र संयोग यस्तो पनि रह्यो कि मलिङ्गा क्रीकेट को सबै खाले फर्म्याट मा १०० विकेट लिने पहिलो बलर बनेका छन।