नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक कमल के क्षेत्रिको नया गीत ” तिमि संग “को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कमल कै संगीत रहेको छ भने किशन पौडेलको शब्द रचनामा  बाबु प्रधानको संगीत संयोजन रहेको छ । सार्वजनीक यस गीत ‘बुङ्गलाफा ‘ नामक एल्बममा संग्रहित रहेको छ ।
अल्पना मजुम्दरको अभिनय रहेको गीत लाइ संदेश शर्मा ले क्यामरामा कैद गरेका हुन्। भिडियो को सम्पादन सलिन लम्साल ले गरेका छन्। आफ्नो अरु गीत जस्तै यो गीत लाई पनि दर्शक र श्रोता हरु ले माया गर्नु हुन्छ भन्ने आशा गायक कमल को रहेको छ।